Karobar
तीन करोड लागतमा बन्यो लेगुवा खोला पक्की पुल
भोजपुर- पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । यहाँ तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो । लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको तीन करोड २१ लाख लागतमा २२ मिटर लम्बाइ र ११ […]
2081-12-17
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक पारित
काठमाडौं- राष्ट्रियसभाको सोमबारको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित भएको छ । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयक पारित भएको जानकारी गराए । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयकलाई सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । संशोधन […]
2081-12-17
पाँच सयका २३ करोड थान नोट छाप्दै राष्ट्र बैंक
काठमाडौं– नेपाल राष्ट्र बैंकले ५ सय दरका नोट छपाइको लागि बोलपत्र आह्वान गरेको छ । केन्द्रीय बैंक मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै २ करोड ३० लाख थान ५ सय दरको नयाँ नोट छपाइ गर्न बोलपत्र आह्वान गरेको हो । इच्छुक योग्य नोट छपाइ कम्पनीहरुले १४ मे २०२५ सम्म बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र […]
2081-12-17
२ हजार ७१८ रोजगारदाताले बुझाए श्रम अडिट प्रतिवेदन
काठमााडौं– गत आर्थिक वर्षको पहिलो ८ महिनाको तुलनामा चालु आवको सोही अवधि (साउन–पुस) सम्म श्रम अडिट पेश गर्ने रोजगारदाताको संख्या ७ प्रतिशतले वृद्धि भएको छ । सरकारले श्रम अडिट पेश गर्ने प्रतिष्ठानलाई कडाई गरेपछि गत वर्षको पहिलो ८ महिनाको तुलनामा हाल वृद्धि भएको हो । गत आवमा श्रम अडिट पेश गर्ने रोजगारदाताको संख्या २ हजार […]
2081-12-17
पाङराङका कृषक काँक्रोखेतीतर्फ आकर्षित
पर्वत– पर्वतको बिहादी गाउँपालिका–१ का शिवकुमार क्षेत्री १२ वर्षसम्म कोरियामा काम गरेर फर्केपछि काठमाडौंमा एक वर्ष बिताए । त्यहाँ काम गर्न नसकेपछि गाउँ फर्केर व्यावसायिक काँक्रो खेती थालेका छन् । अहिले उनी खेतबारीमै भेटिन्छन् । क्षेत्रीकै नेतृत्वमा गठन भएको सिर्जनशील कृषक समूहका ३२ जना किसानले डेढ हेक्टर जमिनमा काँक्रो रोपेका छन् । यो काँक्रोको खेती […]
2081-12-17
लुम्बिनीको दिगो विकासमा लक्ष्यको १९ प्रतिशत खर्च
दाङ– लुम्बिनी प्रदेश सरकारले दिगो विकासका विभिन्न १६ शीर्षकमा विनियोजन गरेको बजेटमध्ये १९ प्रतिशत मात्रै खर्च गरेको छ । चालु आव २०८१/८२ मा विनियोजित ३८ अर्ब ९७ करोडमा सात अर्ब ५३ करोड ६१ लाख रुपैयाँ खर्च भएको लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले बताएको हो । मन्त्रालयको अर्ध वार्षिक प्रतिवेदनमा चालु आवको आधा […]
2081-12-17
काँकडभिट्टा नाकाबाट आयात बढ्यो
बिर्तामोड– काँकडभिट्टा नाकाबाट आयात व्यापार बढेको छ । नेपालबाट बंगलादेश निर्यात हुने सामानको तुलनामा आयात बढेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकँडभिट्टाले जनाएको हो । नेपाल– बंगलादेशबीचको व्यापार पछिल्लो एक दशकयता आर्थिक वर्ष २०७०/७१ सम्म द्विपक्षीय व्यापारमा आयात कम र निर्यात बढी हुने गरेको थियो । तर, अहिले निर्यातभन्दा आयात वढी […]
2081-12-17
लुम्बिनीलाई आठ अर्ब ४४ करोड अनुदान दिन सिफारिस
दाङ– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/८३ का लागि लुम्बिनीलाई आठ अर्ब ४४ करोड रुपैयाँ अनुदान दिन सिफारिस गरेको छ । आयोगले लुम्बिनी प्रदेशमा न्यूनतम अनुदान दुई अर्ब ४३ करोड १९ लाख, सूत्रमा आधारित अनुदान पाँच अर्ब ६९ करोड ४१ लाख र कार्यसम्पादनमा आधारित अनुदान ३१ करोड ८४ लाख गरी आठ अर्ब […]
2081-12-17
राष्ट्रिय सडक सुरक्षा नीति–२०८१ को मस्यौदा तयार
काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय सडक सुरक्षा नीति–२०८१ को मस्यौदा तयार पारेको छ । मन्त्रालयले राष्ट्रिय सडक सुरक्षा परिषद्को मातहतमा राष्ट्रिय सडक सुरक्षा नीतिको मस्यौदा तयार पारेको हो । नेपालमा पनि सडकको घनत्व र सवारी साधनको चापका कारण हालका वर्षहरूमा दैनिक सरदर ७ जना व्यक्तिले ज्यान गुमाउने गरेको र सयौँ घाइते हुने गरेको […]
2081-12-17
साढे ६ करोड लागतमा गोरक्ष सिद्धरत्ननाथ मठ पुनर्निर्माण
दाङ– दाङको प्रसिद्ध धार्मिकस्थल गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठ पुनर्निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका–१७ चौघेरामा मन्दिरलाई पुरानै शैलीमा करिब पाँच वर्षपछि पुनर्निर्माण गरिएको हो । मठ पुनर्निर्माण भएसँगै मूल मठमा देवता र मूर्तिलाई सारेर सञ्चालनमा ल्याइएको छ । स्थायी रूपमा सञ्चालन गरिएको ठाउँबाट मूल मठमा गोरखनाथ, मच्छिद्रनाथ, रत्ननाथ, आदीनाथ, कालभैरव, बुटक भैरव, बाला सन्दरी, शिवालय […]
2081-12-17
राष्ट्रियसभाको बैठक चल्दै
काठमाडौं- राष्ट्रियसभाको सोमबारको बैठक चलिरहेको छ । सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्नेविधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी ”सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस्’ भन्ने […]
2081-12-17
वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य
रोल्पा– रोल्पाका ग्रामीण भेगका अधिकांश सडक कच्ची, साँघुरो र ग्राभेलिङ नगरिएको भएकाले यात्रुले सधै जोखिम मोलेरै यात्रा गर्नुपरेको छ । रोल्पामा शान्ति प्रक्रियापछि गाउँगाउँमा कच्ची सडक खनिएका छन्, तर ती सबै सडक अव्यवस्थित छन् । गाउँ जाने अधिकांश बाटो अव्यवस्थित हुँदा यात्रुले ज्यान हत्केलामा राखेर यात्रा गर्न बाध्य छन् भने यातायात व्यवसायीले पनि जोखिम मोलेरै […]
2081-12-17