Ujyaalo Online
बीपी राजमार्ग : हिउँदमा बगरमा गाडी गुड्दैछ, वर्षामा छैन भर
काठमाण्डौ – काठमाण्डौ उपत्यकालाई तराई र पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्गको यात्रा अझै सहज भएको छैन । असाेजको बाढी पहिरोले क्षति पुगेको सडक अहिले पनि जस्ताको तस्तै छ ।
६ महिनाअघि असाेजको बाढीले बीपी राजमार्गको झन्डै ९ किलोमिटर सडक पूर्णरूपमा बगाएपछि यात्रु बगरकै बाटो भएर यात्रा गर्न बाध्य छन् ।
कालढुङ्गा चौकीडाँडा खण्डमा मात्र १२ किलोमिटर सडक क्षति भएको छ जसमा ८ किलोमिटर सडक खोलाले बगाएको छ । अहिले अस्थायी रूपमा बगरबाट बनाइएको बाटो प्रयोग गरिँदैछ । खोलाले सडक बगाएर बगर बनाइसकेपछि पनि यात्रु ...
2081-12-17
गोकर्णेश्वरमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ
काठमाण्डाै – काठमाण्डौको गोकर्णेश्वरमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साह यही चैत ११ गतेदेखि हराएको भनी उजुरी परेको थियो । प्रहरीले खोजी गर्ने क्रममा चैत १५ गते गोकर्णेश्वर–८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कशपको पडाडिको जमिनमा गाडिएको अवस्थामा राहुलको शव भेटिएको थियो ।
पक्राउ पर्नेहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ का २२ वर्षीय निपु मण्डल र ४५ वर्षीय उत्तम मण्डल, चक्रघट्टा–६ का १८ वर्ष...
2081-12-17
प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी निर्वाचित
काठमाण्डौ – प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित हुनुभएको छ । गएराति भएको मतदानमा उहाँले प्रतिस्पर्धी दीपेन्द्र रावललाई हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
सेन्टरको वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी र महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश बिक, उपमहासचिव मधेशीमा अनिल मिश्र, उ...
2081-12-17
बाजुरामा चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको ज्यान गयो
बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ धुर्ताेलामा चितुवाको आक्रमणबाट आठ वर्षीय बालक विजय रावतको ज्यान गएको छ ।
हिजो बेलुका घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गर्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीले बताउनुभयो ।
2081-12-17
तीनकुने घटना नियोजित भएको समाजवादी मोर्चाको निष्कर्ष
काठमाण्डौ – काठमाण्डौको तीनकुने क्षेत्रमा गएको शुक्रवार भएको राजावादीको हिंसात्मक प्रदर्शन नियोजित भएको समाजवादी मोर्चाले निष्कर्ष निकालेको छ ।
बिहान बसेको मोर्चाको बैठकले घटना नियोजित भएको र यसको सम्पूर्ण क्षतिपूर्ति पूर्वराजा शाहले बेहोर्नुपर्ने निष्कर्ष निकालेको हो । सरकारले राजावादीहरूको योजनाबद्ध कार्यक्रमलाई कम आँकेको र त्यस घटनाको मूल्याङ्कन गरेर सरकारी संयन्त्र परिचालन गर्न चुकेको ठहर पनि गरेको छ ।
मोर्चाले दोषीमाथि कारबाही र भएका क्षतिको घटनामा संलग्नहरूबाटै क्षतिपूर्ति भराउन सरकारसँग माग गरेको छ । बै...
2081-12-17
बाग्लुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो
बाग्लुङ – बाग्लुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित १० वटा पालिकाका दुई सय ८५ ठाउँमा कोलिफर्म परीक्षण गरेको थियो ।
सबैभन्दा धेरै जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठेखोलामा ४७ वटा मुहानमा परीक्षण गरेकामा २७ वटा र जैमिनीमा एक सय छ वटा मुहानमा परीक्षण ग...
2081-12-17
त्रिवि केन्द्रीय क्याम्पस र मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनावकाे मतदान चल्दै
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरमा रहेको केन्द्रीय क्याम्पसमा आज स्ववियु चुनावका लागि मतदान भइरहेको छ । बिहान ८ बजेदेखि शुरू भएको मतदान बेलुका ४ बजेसम्म चल्ने छ ।
क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । यस पटक दलका विद्यार्थी सङ्गठनका साथै स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
अखिलबाट सिद्धान्त भट्ट, नेविसङ्घबाट दीपक जोशी, अखिल क्रान्तिकारीबाट प्रवीन दाहालका साथै पद्मा भुसाल र उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १ सय ४६ जना मतद...
2081-12-17
थाइल्यान्ड भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराउनुभएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराउनुभयो ।
भोलिदेखि थाइल्यान्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुँदैछ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्यान्डका नरेश र समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ ।
भ्रमणका अवसरम...
2081-12-17
तीनकुने घटनामा संलग्न जो कोहीलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते काठमाण्डौको तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्नहरू सबैलाई कारबाही हुने बताउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको र तीनकुने घटनाबारे प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने पनि बताउनुभयो । यो घटनामा पूर्वराजाले पनि उन्मुक्ति नपाउने उहाँकाे भनाइ छ ।
प्रतिनिधिसभा बैठकको शुरूमै बोल्नुभएका प्रधानमन्त्रीले इतिहासको...
2081-12-17
म्यानमारमा भूकम्पबाट भत्किएको घरमा पुरिएका चार जनाको ६० घण्टापछि उद्धार
म्यानमारमा भूकम्पबाट भत्किएको घरमा पुरिएका चार जनाको ६० घण्टापछि उद्धार भएको छ ।
गएको शुक्रवार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पका कारण उत्तरी सागाइमा भत्किएको घरबाट उनीहरूको उद्धार भएको बीबीसीले जनाएको छ । यसअघि एउटा भत्किएको अस्पतालबाट ३६ घण्टापछि एक महिलाको उद्धार भएको थियो ।
म्यानमार र थाइल्यान्डमा अझ पनि सयौं मानिस हराइरहेका छन् । थाइल्यान्डको राजधानी बैंककमा मात्र १८ जनाको ज्यान गएको छ भने ७६ जना हराइरहेका छन् ।
भूकम्पमा परी अहिलेसम्म एक हजार सात सय जनाको ज्यान गएको छ भने झन्डै तीन हजार चार सय जना ...
2081-12-17
आईपीएलमा आज मुम्बई र कोलकाता खेल्दै
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल वान्खेडेमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
दुई खेलमा एक खेल जितेको कोलकाता दुई अङ्कसहित तालिकाको छैटौं स्थानमा छ भने दुवै खेल हारेको मुम्बई अङ्कविहीन हुँदै पुछारमा छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।
2081-12-17
सुनको भाउमा दिनदिनै कीर्तिमान : आज तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुग्यो
काठमाण्डौ – सुनको भाउमा दिनदिनै कीर्तिमान कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २५ रुपैयाँ कायम ...
2081-12-17
नेपाल सुपर लिगमा आज चितवन र पोखरा खेल्दै
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज चितवन र पोखराबीच खेल हुँदैछ । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ ।
हिजोको खेलमा बुटवल लुम्बिनी र झापाले गोलरहित बराबरी खेलेका छन् । पहिलो खेलमा पनि ललितपुर सिटी र काठमाण्डौ रेजर्सले २–२ गोलको बराबरी खेलेका थिए ।
तेस्रो संस्करणको एनएसएल फुटबलमा सात टोली ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन सहभागी छन् ।
लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल व...
2081-12-17
महिला टी–२० विश्वकप एशिया छनोटका लागि २८ खेलाडी प्रशिक्षणमा
काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटका लागि प्रारम्भिक चरणमा २८ खेलाडी छानेको छ।
आउँदो ‘मे’ महिनामा थाइल्याण्डमा हुने एशिया छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा राख्न खेलाडीको नाम सार्वजनिक गरेको हो ।
छनोट हुने खेलाडीहरुमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, विन्दु रावल, एलिसाकुमारी यादव, साना प्रवीण, राजमती ऐरी, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, सङ्गीता राई, एलिसा खडिया र रोमा थापा छ्न्।
त्यसैगरी, कविता कुँवर, ईश्वरी वि...
2081-12-17
रुसी राष्ट्रपति पुटिनसँग अमेरिकी समकक्षी ट्रम्पको आक्रोश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आक्रोश व्यक्त गर्नुभएको छ ।
युद्धविरामका लागि प्रयास गरेको एक हप्तापछि एक समाचार संस्थासँगको अन्तरवार्तामा ट्रम्पले रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्व नियतमा अनावश्यक प्रश्न उठाउने काम मात्र गरेकाले समस्या आएको भन्दै आक्रोशित हुनुभएको हो ।
उहाँले रुस युद्ध विरामका लागि सहमत नभए त्यहाँबाट आउने तेलमा ५० प्रतिशत करको निर्णय गर्ने चेतावनीसमेत दिनुभएको बीबीसीले जनाएको छ ।
रुसका कारण युक्रेनमा पूर्ण रुपमा युद्धविराम नभए अमेरिकाले रुसमा माथि...
2081-12-17
बैंक तथा वित्तीय संस्थामार्फत हुने शङ्कास्पद कारोबारको सङख्या बढ्दो
काठमाण्डौ – बैंक तथा वित्तीय संस्थामार्फत् हुने शङ्कास्पद कारोबारको सङख्या बढ्दै गएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय जानकारी इकाई सम्बन्धी वार्षिक प्रतिवेदनमा बितेको ५ वर्षमा यस्तो कारोबार बढ्दै गएको देखिएको हो ।
बैंक तथा वित्तीय संस्थाले अघिल्लो वर्ष पाँच हजार ९३५ शङ्कास्पद कारोबार दर्ता गराएकोमा यस वर्ष ७ हजार ३३८ वटा शङ्कास्पद कारोबार दर्ता गराएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि एकाइका रुपमा स्थापित अनुसन्धनात्मक प्रणाली (गोएएम...
2081-12-17
सङ्क्रमणकालीन न्यायसँग जोडिएका आयोगको लागि सिफारिश समितिले काम थाल्यो
काठमाण्डौ – सङ्क्रमणकालीन न्यायसँग जोडिएका आयोगका पदाधिकारी छनोटका लागि गठित सिफारिश समितिले काम थालेको छ ।
समितिको हिजो पूर्ण बैठक बसेर काम शुरू भएको सिफारिश समितिका सदस्य एवम् प्रवक्ता डा.लीली थापाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को यही चैत ११ को बैठकले सिफारिश समिति गठन गरेको थियो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ को उपदफा ३ बमोजिम सिफारिश समिति गठन भएको हो ।
सिफारिश समितिले दुई महिनाभित्र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा ...
2081-12-17
हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबी शीघ्र फछ्र्यौट गर्न निर्देशन
काठमाण्डौ – नेपाल बीमा प्राधिकरणले यही चैत १५ गते काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिएको जनाएको छ ।
हुलदङ्गाका कारण भएका क्षतिको विवरण ‘एक्सेल स्प्रिडसिट’ ढाँचामा प्राधिकरणले दिएको ‘गुगल फर्म’को लिङ्कमार्फत साप्ताहिक रूपमा हरेक हप्ताको बुधवार प्राधिकरणमा पेश गर्न निर्जीवन बीमा कम्पनी र ...
2081-12-17
सरकारले ल्याएका पाँचवटा अध्यादेश निष्क्रिय हुने जोखिम, प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने
काठमाण्डौ – राष्ट्रियसभामा विपक्षी दलहरुले निरन्तर अवरोध गरिरहँदा सरकारले ल्याएका पाँच वटा अध्यादेश निष्क्रिय हुने जोखिम बढेको छ ।
अध्यादेश प्रतिस्थापन विधेयक आजसम्म राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।
संविधानमा अध्यादेश जारी भएपछिको सङ्घीय संसद्को अधिवेशन शुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित भइसक्नुपर्ने व्यवस्था छ ।
गएको माघ १८ देखि संसद्को हिउँदे अधिवेशन शुरू भएकाले आजसम्म विधेयक पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण नभए ती कानून स्वतः निष्क्रिय हुनेछन् ।
सरकारले ल्याएका सुशासन प्...
2081-12-17
काठमाण्डौ विश्वकै सबैभन्दा प्रदूषित शहर
काठमाण्डौ – काठमाण्डौको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । स्वीट्जरल्याण्डमा रहेको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार आज काठमाण्डौको वायु अस्वस्थकर तहमा पुगेको छ ।
काठमाण्डौको वायु प्रदूषणको अवस्था २५३ एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ । आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायु प्रदूषण छ ।
वायु प्रदूषणको जाँच आँखाले देख्...
2081-12-17
राजा आए ! रक्सी चोरेर खाए !
शहरमा बसेका छोराछोरी र नातिनातिनीको याद आएपछि हजुरबा एक्लै काठमाण्डौ जान तम्सिनुभयो । बूढोमान्छे एक्लै कसरी जानुहुन्छ भन्दै हजुरआमाले पिर गर्नुभयो । उबेलाको जस्तो हाम्रो जमाना हो र ! पुग्नेबित्तिकै फोन गरिहाल्छु नि भनेर हजुरआमालाई आश्वस्त पारेर हजुरबा बस चढ्नुभयो । बसबाट ओर्लनेबित्तिकै हजुरआमालाई फोन गर्नुभयो । हजुरआमा पनि आश्वस्त हुनुभो । जमाना कहाँबाट कहाँ पुग्यो है, उबेला तल बेँसीमा घाँस काट्न गएको मान्छे बेलामा आएन भने बाघले खायो कि भालुले चिथर्‍याे भनेर चिन्ता गर्नुपर्थ्याे । घरबाट टाढा पुगेका परिवार र आफन्तको हा...
2081-12-17