‘तीनकुनेको हिंसात्मक प्रदर्शनका मुख्य दोषी ज्ञानेन्द्र शाह हुन्, कारबाही हुन्छ’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा भएको हिंसात्मक घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह भएको भन्दै उनलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्ने बताएका हुन्। ओलीले ज्ञानेन्द्रमाथि दुर्गा प्रसाइँलाई हिंसा मच्चाउनकै लागि कमाण्डर बनाएको बताए। ‘पूर्वराजाले दुर्गा प्रसाइंलाई चैत १४ गते […] The post ‘तीनकुनेको हिंसात्मक प्रदर्शनका मुख्य दोषी ज्ञानेन्द्र शाह हुन्, कारबाही हुन्छ’ appeared first on BIZMANDU.

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा भएको हिंसात्मक घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह भएको भन्दै उनलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्।

प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्ने बताएका हुन्।

ओलीले ज्ञानेन्द्रमाथि दुर्गा प्रसाइँलाई हिंसा मच्चाउनकै लागि कमाण्डर बनाएको बताए।

‘पूर्वराजाले दुर्गा प्रसाइंलाई चैत १४ गते निर्मल निवासमा बोलाएर कमाण्डर तोकेर हिंसात्मक वारदातका लागि खटाउनुभयो,’ उनले भने, ‘यी सबै घटनाले स्पष्ट पार्छ पूर्वराजाले संविधान उल्लंघन गरे। आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन। पाउनु हुन्न्। यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न।’

चैत १५ गते तीनकुनेमा राजावादीको नाममा प्रदर्शन हुनु अघिल्लो दिन ज्ञानेन्द्रले दुर्गा प्रसाइँलाई निर्मल निवासमा बोलाएर २ घण्टा कुरा गरेका थिए।

ओलीले पूर्वराजामाथि एक महिनाअघि देखि नै जनमत भड्काउने काम गरेको आरोप लगाए। ‘फागुन ७ गते आफूलाई साथ दिन वक्तव्यबाजी गरे। त्यसपछि स्वागतका नाममा जनमत भड्काउने काम गरे,’ उनले भने।

उनले ज्ञानेन्द्र शाहमाथि तीनकुने घटनामा किन धारणा सार्वजनिक नगरेको भनेर प्रश्न गरे। ‘फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन?,’ उनले भने।

ओलीले पूर्वराजालाई तीनकुनेको हिंसात्मक घटनाको दोषी भनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उठेर विरोध गरेका थिए।तर राप्रपाका सांसदको विरोधलाई बेवास्ता गर्दै ओलीले आफ्ना धारणा राखे। राप्रपाका सांसदले नियमापत्ति जनाउन खोजेको भनेकामा ओलीले ‘यहाँ संविधान मास्ने कुरामा प्रश्न उठाइएको छ। के को नियमावली? सबैले संविधान र व्यवस्था मान्नुपर्छ। हल्ला गरेर अवरोध गर्न पाइँदैन’ भने।

प्रतिनिधि सभाको सोमबारको बैठक

ओलीले माओवादी केन्द्रलाई कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयलाई नचर्काउन आग्रह गरे। उनले व्यवस्थामाथि नै प्रहार भइरहेकाले सिंगो सदन एक हुनुपर्नेमा जोड दिए।

‘अहिलेको परिस्थितिमा ससाना विषयमा ठूलो बहस विवाद नगरौं। त्यो अवस्था छैन। संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो। त्यसका लागि सिंगो सदन एक हुन आवश्यक छ,’ उनले भने, ‘हामीले सुनेका छौं व्यवस्था, प्रणाली, लोकतन्त्र र संविधानविरुद्ध ललकारेर विभिन्न प्रकारका गैरकानुनी र समाजलाई नोक्सान हुने गम्भीर आपराधिक क्रियाकलाप भइरहेका छन्। यस्तो बेला सिंगै समाज एक भइ त्यसलाई रोक्नतिर लाग्नुपर्छ। सरकारका तर्फबाट कुनै कमजोरी भएको छ भने हामी आलोचना सुन्न तयार छौं।’

The post ‘तीनकुनेको हिंसात्मक प्रदर्शनका मुख्य दोषी ज्ञानेन्द्र शाह हुन्, कारबाही हुन्छ’ appeared first on BIZMANDU.

Prev Article
भिजिबिलिटी कम हुँदा डाइभर्ट भएका जहाज फर्किँदै, टर्किस र कतारको कसरी भयो अवतरण?
Next Article
एपीटी वायरलेस ग्रुपको ३४औं बैठक काठमाडौंमा सुरु, झण्डै ४ सय प्रतिनिधि सहभागी

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video