पियोर इनर्जीले चैत २८ गतेदेखि ११ करोड ९५ लाखको आइपीओ निष्कासन गर्दै

काठमाडौं । पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो। सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँमा १० देखि अधिकतम १ लाख कित्ता सेयरका लागि २०८२ बैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन्। पियोर […] The post पियोर इनर्जीले चैत २८ गतेदेखि ११ करोड ९५ लाखको आइपीओ निष्कासन गर्दै appeared first on BIZMANDU.

काठमाडौं । पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो।

सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँमा १० देखि अधिकतम १ लाख कित्ता सेयरका लागि २०८२ बैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन्।

पियोर इनर्जीले यसअघि आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरु, कर्मचारी र सामूहिक लगानी कोषकालाई सेयर निष्कासन गरेको थियो।

आइपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

आर्थिक वर्ष २०८१/८२ को पुससम्म कम्पनी २ करोड ३ लाख रुपैयाँ संचित नोक्सानीमा रहेको छ। कम्पनीले आगामी वर्ष १ करोड १४ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ। यस्तै, चालु वर्षको ६ महिनामा ०.३८ रुपैयाँ प्रति सेयर आम्दानी र ९६.६२ रुपैयाँ प्रति सेयर नेटवर्थ रहेको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

The post पियोर इनर्जीले चैत २८ गतेदेखि ११ करोड ९५ लाखको आइपीओ निष्कासन गर्दै appeared first on BIZMANDU.

Prev Article
हिमालयन डिस्टिलरीका अध्यक्ष सिंहले दिए राजीनामा, बाँकी कार्यकालका लागि प्रसाइँ सञ्चालक
Next Article
ईद मुबारक : मस्जिदमा नमाज पछि अंकमाल गर्दै शुभकामना साटासाट (तस्विरहरु)

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video