काठमाडौँ – सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर राणा पक्राउ परेकोबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन्। सोमबारको संसद् बैठकमा सभामुख घिमिरेले प्रहरीले संघीय संसद् सचिवालयमा पठाएको पत्र पढेर सुनाएका हुन्। सांसद राणालाई सातदोबाटोबाट पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरासहित जिल्ला प्रहरी परिसर, काठमाडौँले संसद् सचिवालयलाई शनिबार पत्र पठाएको […]
काठमाडौँ – सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर राणा पक्राउ परेकोबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन्।
सोमबारको संसद् बैठकमा सभामुख घिमिरेले प्रहरीले संघीय संसद् सचिवालयमा पठाएको पत्र पढेर सुनाएका हुन्।
सांसद राणालाई सातदोबाटोबाट पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरासहित जिल्ला प्रहरी परिसर, काठमाडौँले संसद् सचिवालयलाई शनिबार पत्र पठाएको थियो।