Desh Sanchar
सांसद राणा पक्राउ परेकोबारे सदनलाई जानकारी
काठमाडौँ – सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर राणा पक्राउ परेकोबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन्। सोमबारको संसद् बैठकमा सभामुख घिमिरेले प्रहरीले संघीय संसद् सचिवालयमा पठाएको पत्र पढेर सुनाएका हुन्। सांसद राणालाई सातदोबाटोबाट पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरासहित जिल्ला प्रहरी परिसर, काठमाडौँले संसद् सचिवालयलाई शनिबार पत्र पठाएको […]
2081-12-17
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरू)
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आज स्ववियु निर्वाचन भएको छ। त्रिविका देशभरका क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन भएको थियो। कतिपय क्याम्पसमा भने निर्वाचन हुन सकेको थियो। त्रिवि केन्द्रीय क्याम्पसमा पनि विवादका कारण चैत ५ गते मतदान हुन सकेन। त्यसपछि चैत ८ गतेका लागि मतदानको मिति तय गरिएको थियो। यसैबीचमा उम्मेदवारको आधिकारिकताको विषयमा […]
2081-12-17
कमल कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादीको पार्टी कार्यालयमा
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सल्लाहकार परिषद् सदस्य कमल कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो । पत्रकार, लेखक तथा कुटनीतिज्ञ समेत रहेका कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको हो । पक्षघातपछि उपचारका क्रममा अस्पताल […]
2081-12-17
तीनकुने घटनामा राज्यले दमन गरेको भन्दै राप्रपाका भातृ संगठनले गरे माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
काठमाडौं- गत शुक्रबार भएको तीनकुने घटनामा राज्यले दमन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भातृ संगठनले माइतीघर मण्डलामा पुगेर विरोध प्रदर्शन गरेका छन्। राप्रपाका सम्पूर्ण भातृ संगठनले झुठा मुद्धामा आफ्ना नेताहरूलाई पक्राउ गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। पक्राउ परेका राप्रपाका नेताहरूलगायत सम्पूर्ण राष्ट्रवादीहरूलाई अविलम्ब रिहा गर, मृतकहरूलाई शहीद घोषणा गर, घाइतेहरूको निःशुल्क र प्रभावकारी […]
2081-12-17
तीनकुने घटनाका दोषीलाई कारबाहीको माग
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले गत शुक्रबार तीनकुनेमा भएको घटनाका दोषीलाई कारबाहीको माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का नेता तथा सांसद अम्मरबहादुर थापाले गत चैत १५ गते राजावादीको आन्दोलनका कारण भएको धनजनको क्षतिबारे विरोध गर्दै निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्ने बताएका हुन् । उनले अग्रगमनका लागि लाकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने […]
2081-12-17
बैंक तथा वित्तीय संस्था र मिटरब्याज उत्पीडनविरुद्ध प्रदर्शन (तस्बिरहरू)
काठमाडौं- बैंक तथा वित्तीय संस्था र मिटरब्याज उत्पीडनविरुद्ध सोमबार काठमाडौंमा प्रदर्शन भएको छ। सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध संघीय राजधानी काठमाडौं केन्द्रित अनिश्चितकालीन आन्दोलनको कार्यक्रम गरेको हो। आज भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले माइतीघर मण्डलाबाट र्याली गरेर नयाँ बानेश्वर क्षेत्रमा सभा गरेका थिए। ‘प्रदर्शनकारीले पीडिले […]
2081-12-17
के अमेरिकाले इरानमाथि आक्रमण गर्न लागेको हो?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक सम्झौताका लागि तयार नभएमा आक्रमण गर्ने चेतावनी दिएका छन्। योसँगै इरानले आफ्ना मिसायलहरू आक्रमणका लागि तयारी अवस्थामा राखेको छ। उसले अमेरिकाले आक्रमण गरेको खण्डमा आफ्ना उच्च कोटिका हतियारहरु तयारी अवस्थामा राखेको जनाएको छ। साथै अमेरिकाले इरानमाथिको प्रतिबन्धलाई थप कडाई गर्दै अत्याधिक मात्रामा ट्यारिफ लगाउने समेत धम्कि दिएका छन्। ट्रम्पले […]
2081-12-17
मिनबहादुर गुरुङले भनेको ‘७०-७५ करोड क्षति’बारे भाटभटेनी भन्छ,’लाख भन्नुपर्नेमा करोड भएछ’
काठमाडौं- गत शुक्रबार तीनकुने क्षेत्रमा भएको आन्दोलन र तोडफोडका क्रममा भाटभटेनी सुपरमार्केट्समा भएको क्षतिबारे मिनबहादुर गुरुङले दिएको अभिव्यक्ति भाटभटेनीले ‘करेक्सन’ गरेको छ। सोमबार एक सूचना जारी गर्दै त्यसका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले क्षतिको बारेमा मिडिकर्मीले गरेको प्रश्नमा जवाफ दिने क्रममा ७०-७५ लाख हुनुपर्नेमा करोड बोलेको भनी ‘करेक्सन’ गरेको हो। इन्जिनिएर र अन्य साथीहरूले पूरा […]
2081-12-17
विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा मन्त्री भट्टराईको जोड
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएकी छन् । सोमबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले विद्यालय शिक्षा विधेयक धेरै पेचिलो विषय रहेको बताइन् । उनले सबैले आशा र प्रतिक्षा गरेको विधेयक भएकाले […]
2081-12-17
राष्ट्रसेवक कर्मचारीहरुको गुण-दोष टिप्पणी गर्ने स्थल संसद होइनः प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीहरुको गुण-दोष टिप्पणी गर्ने स्थल संसद नभएको बताएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही दिन यता संसदअवरुद्ध रहेको भन्दै एकजना कर्मचारीको विषयमा प्रश्न उठाएर संसद अवरुद्ध गर्न नमिल्ने बताए । उनले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि सदनले नै […]
2081-12-17
कुलमानलाई हटाएर सरकारले गल्ती गर्योः कांग्रेस महामन्त्री शर्मा
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको बताएका छन् । उनले ‘अदालतमा विचाराधिन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो ?’ भन्दै प्रश्न समेत गरे […]
2081-12-17
तीनकुने घटनाबाट पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउँदैनन्ः प्रधानमन्त्री ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले तीनकुनेमा गत शुक्रवार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहकोसमेत संलग्नता भएको उल्लेख गरेका छन् । उनले जुनसुकै आवरणमा पनि हिंस्रक आन्दोलन गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याइने दाबी गरे । उनले पूर्वराजा शाहले भिडियो […]
2081-12-17