अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक सम्झौताका लागि तयार नभएमा आक्रमण गर्ने चेतावनी दिएका छन्। योसँगै इरानले आफ्ना मिसायलहरू आक्रमणका लागि तयारी अवस्थामा राखेको छ। उसले अमेरिकाले आक्रमण गरेको खण्डमा आफ्ना उच्च कोटिका हतियारहरु तयारी अवस्थामा राखेको जनाएको छ। साथै अमेरिकाले इरानमाथिको प्रतिबन्धलाई थप कडाई गर्दै अत्याधिक मात्रामा ट्यारिफ लगाउने समेत धम्कि दिएका छन्। ट्रम्पले […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक सम्झौताका लागि तयार नभएमा आक्रमण गर्ने चेतावनी दिएका छन्।
योसँगै इरानले आफ्ना मिसायलहरू आक्रमणका लागि तयारी अवस्थामा राखेको छ। उसले अमेरिकाले आक्रमण गरेको खण्डमा आफ्ना उच्च कोटिका हतियारहरु तयारी अवस्थामा राखेको जनाएको छ।
साथै अमेरिकाले इरानमाथिको प्रतिबन्धलाई थप कडाई गर्दै अत्याधिक मात्रामा ट्यारिफ लगाउने समेत धम्कि दिएका छन्। ट्रम्पले आइतबार एनबीसी न्युजलाई दिएको अन्तर्वार्तामा उक्त कुरा बताएका हुन्। ट्रम्पले अगाडि भने,’इरानसँग परमाणु सम्झौतालाई निष्कर्षमा पुर्याउने अन्तिम मौका छ। यदि यस्तो भएन भने ४ वर्ष पहिला जस्तै सेकेन्डरी ट्यारिफ लागउने छु।’ अहिले इरान र अमेरिकी अधिकारीहरू परमाणु सम्झौताका विषयमा कुरा गरिरहेको भएपनि निष्कर्षमा पुग्न सकेका छैनन्।
यसैबिच इरानले अमेरिकी हमलाका लागि तयार भएको जनाएको छ। उसले यदि अमेरिकाले इरानमाथि आक्रमण गरेमा आफूहरू जस्तोसुकै हतियारहरू प्रहार गर्नका लागि सक्षम रहेको जनाएको छ। तेहरान टाइम्सको रिपोर्ट अनुसार अन्डरग्राउन्डमा रहेको मिसाइलहरूलाई लन्चका लागि तयार अवस्थामा राखिएको छ।
तेहरान टाइम्सले एक्समा एक पोस्ट गर्दै भन्यो,’प्यान्डोरा बक्स खोलिएको खण्डमा अमेरिकी सरकार र उसका सहयोगीहरूले ठूलो मूल्य चुकाउनु पर्नेछ।’
अमेरिकाले इरानसँग सोझै बार्ताको प्रस्ताव गर्दै पत्र पठाएको थियो। तर इरानले अस्वीकार गर्दै अमेरिकासँग सोझो रूपमा कुनै वार्ता नहुने र सम्झौता पनि नहुने जानकारी गराएसँगै ट्रम्प रुष्ट बनेका थिए। तर अप्रत्यक्ष वार्ताका लागि भने इरान तयार रहेको छ।
यद्यपि, अहिलेसम्म इरानमा परमाणु हतियारहरू भने नरहेको मानिन्दै आएको छ। इरानले पनि आधिकारीक रूपमा परमाणु हतियार आफूसँग नभएको बताउँदै आएको छ। तर रिपोर्ट अनुसार परमाणु बम बनाउनका लागि आवश्यक सबै थोक इरानसँग रहेको मानिन्छ। इरान अत्यन्तै कट्टर देश भएकाले उसले परमाणु हतियारका लागि आफुलाई कति विकास गरेको छ भन्ने कुरा भने बाहिर आउन सकेको छैन।
२०१५ मा बारक ओबामाले इरानसँग परमाणु सम्झौता गरेका थिए। त्यसपछि अमेरिकाले इरानविरुद्धको प्रतिबन्ध केही खुकुलो बनाएको थियो। तर ट्रम्प राष्ट्रपति बनेसँगै सम्झौता रद्ध गरेका थिए। त्यसपछि पुन:दुई देशबिच विवाद उत्कर्षमा रहेको छ।