हिरासतबाट निस्किएर स्वागत नेपालले भने- अब डा. गुरुङको नेतृत्वमा शान्तिपूर्ण जनविद्रोह हुन्छ

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले शान्तिपूर्ण जनविद्रोहका लागि एकताबद्ध हुन अपिल गरेका छन् । हिजो प्रहरी हिरासतबाट छुटेपश्चात् उनले सामाजिक सञ्जालमार्फत सो अपिल गरेका हुन् । आफूहरूले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको नेपालको दाबी छ । उनले आन्दोलनमा भएका घुसपैठ र प्रधानमन्त्रीका भड्काऊ अभिव्यक्तिहरूका विषयमा अनुसन्धान र कारबाही […]

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले शान्तिपूर्ण जनविद्रोहका लागि एकताबद्ध हुन अपिल गरेका छन् । हिजो प्रहरी हिरासतबाट छुटेपश्चात् उनले सामाजिक सञ्जालमार्फत सो अपिल गरेका हुन् ।

आफूहरूले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको नेपालको दाबी छ । उनले आन्दोलनमा भएका घुसपैठ र प्रधानमन्त्रीका भड्काऊ अभिव्यक्तिहरूका विषयमा अनुसन्धान र कारबाही माग समेत गरेका छन् ।

‘मैले रिहाइ हुँदै गर्दा प्रहरी अधिकारीहरूसँग प्रधानमन्त्रीले उहाँका पार्टीका कार्यकर्तालाई आन्दोलनकारीविरुद्ध बाघले सुधो गाईमाथि झम्टिएर झै झम्टिएर आक्रमण गर्नु भनी सार्वजनिक कार्यक्रममा निर्देशन दिएर हिंसा भड्काएकोमा पनि कारबाहीको दायरामा ल्याउन प्रष्ट शब्दमा भनेको छु,’ उनले लेखेका छन्, ‘हामी आन्दोलनको क्रममा घुसपैठिया र सरकारी पक्षबाट भएको क्षतिका लागि समेत आफ्नो पक्षबाट भए जति क्षतिका लागि क्षमा माग्न चाहन्छौँ । शान्तिपूर्ण आन्दोलन जारी नै रहने छ ।’

डा। जगमान गुरुङजस्तो नेपाल ऋषि आन्दोलनको संयोजक तथा बौद्धिक प्राज्ञिक कमान्डर भएको बाहिर निस्किएपछि थाहा पाएको भन्दै उनले खुशी व्यक्त गरेका छन् । देश–विदेशबाट बौद्धिक, प्राज्ञिक, नैतिक, भौतिक साथ समर्थन र सहयोग प्राप्त हुने उनको विश्वास छ ।

नेपाल लेख्छन्, ‘हामी डा. गुरुङको नेतृत्वमा अब आन्दोलनमा उच्छृङ्खल गतिविधिलाई पूर्ण रूपमा निषेध गर्नेछौँ, तर सरकारबाट हुने दमनको प्रकृतिका आधारमा प्रतिरोधका कार्यक्रम तय गर्ने छौँ ।’

उनले समितिका संयोजक नवराज सुवेदीको हाउस एरेष्ट तत्काल अन्त्य गर्न माग राखेका छन् । पक्राउ परेका राप्रपा नेताद्वय रवीन्द्र मिश्र र डा। धवलशम्शेर राणाको विषयमा भने केही बोलेका छैनन् ।
सरकारले तोकेको स्थानमा कार्यक्रम शुरु गर्न लाग्दा राष्ट्र गान बजाउँदा बजाउँदै मञ्चमा अश्रुग्याँस–गोली प्रहार भएको आरोप नेपालले लगाएका छन् ।

‘राष्ट्र गानको समेत अवज्ञा गर्ने सरकारको रवैयाको ठाउँका ठाउँ राष्ट्र गानलाई रोक्ने प्रयास गरिएमा भने इतिहासमा सधैँ नेपालको वास्तविक राष्ट्र गानको झङ्कार सम्झिरहने गरी जवाफ दिनेछौँ,’ उनले भनेका छन्, ‘शान्तिपूर्ण जनविद्रोहका लागि देशभरिबाट अहिलेको शोकलाई शक्तिको रूपमा सञ्चयका साथ देशभक्तिपूर्ण आन्दोलनमा बदल्दै बौद्धिक र सभ्य संग्रामका लागि पुनः एकताबद्ध हुन पनि सबैमा अनुरोध गर्दछौं ।’

Prev Article
पन्ड्स स्किन इन्स्टिट्युटले ल्यायो सौन्दर्य र विज्ञानको नयाँ युग
Next Article
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा निवेदन दिए

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video