Nepal Press
बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिएका छन् । पार्टीनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजारको जरिवाना पत्र काटेर बालेनले हिम्मत देखाएको बताए । उनले भने, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई धेरै धेरै धन्यवाद छ, तपाईँले हिम्मत देखाउनुभएको छ । ७ लाख […]
2081-12-17
माइतीघरमा राप्रपाको प्रदर्शन- नेताको रिहाइ र तीनकुने घटना छानबिनको माग (तस्बिरहरू)
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर राणालगायतलाई तत्काल छाड्न दबाबस्वरूप माइतीघरमा प्रदर्शन गरेको छ ।
2081-12-17
राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी
आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रहरीले संघीय संसद सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाएका हुन् ।
2081-12-17
लिङ्देनको प्रश्न- छतमाथि बसेर म्याद सकिएको अश्रु ग्यास मञ्चमा किन बर्साइयो ? (भिडिओ)
'तपाईँ कांग्रेस-एमाले भन्नेहरू सरकारमा बसेर भजन गाउँदै, मादल बजाउँदै आइपुगेको हो ? तपाईँहरू तोडफोड नगरी, मान्छे नमारी आएको हो ? त्यसैले म भन्छु सविन महर्जन हिँडिरहेको बेलामा गोली किन हानियो ?', लिङदेनले प्रश्न गरे ।
2081-12-17
पहिलोपटक नेकपा एसको कार्यालय पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।
2081-12-17
तीनकुनेमा पर्याप्त तयारी नपुगेको प्रधानमन्त्रीले स्वीकारिसक्नुभयो : रास्वपा (भिडिओ)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले तीनकुने घटनामा सरकारले कुनै एउटा पक्षको दोष देखाएर सरकार उम्किन नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीले पूर्वतयारी पर्याप्त नभएको स्वीकारिसकेको बताए । उनले भने, ‘सरकारले पूरा तयारी नभएको स्वीकारिसकेको छ। दुई जनताको ज्यान गइसकेको छ । करोडौंको क्षति भइसकेको छ। अनि उहाँले एउटा […]
2081-12-17
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाह कानूनभन्दा माथि नरहेकाले कारबाही गर्न सरकारसँग माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले पूर्वराजाकै उक्साहटमा १५ गतेको घटना भएको दाबी गरिन्। उनले भनिन्, ‘अहिले संविधान र कानूनभन्दा माथि कोही छैन। चाहे पूर्वराजा ज्ञानेन्द्र शाह हुन्, चाहे सामाजिक सञ्जालमा सक्रिय तर लुकेर बसेका दुर्गा […]
2081-12-17
राजवादीहरूलाई एमालेको प्रश्न- नेपालका मूर्तिहरू अमेरिका, जर्मन, बेलायतको म्युजियममा कसको पालामा पुर्याइयो ? (भिडिओ)
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालका मूर्तिहरू अमेरिका, जर्मन र बेलायतको म्युजियममा कसको पालामा पुगे हेर्न राजावादीहरूलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राजाहरूले नै नेपालको मूर्ति बाहिर बेचेको आरोप लगाए। अहिले राष्ट्रपति, प्रधानमन्त्री सबैलाई बाहिर जाँदा भिसा चाहिने भन्दै राजतन्त्र हुँदा कस्ता व्यक्तिहरूलाई भिसाबिना बाहिर पठाइन्थ्यो विगत हेर्न सुझाए। उनले भने, […]
2081-12-17
समाजवादी मोर्चालाई प्रधानमन्त्रीले दिए धन्यवाद
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी मोर्चालाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा भव्य सभा गरेको भन्दै धन्यवाद दिए । उनले भने, ‘यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा ‘सामाजवादी मोर्चा’ ले काठमाडौंको प्रदर्शनी मार्गमा भव्य सभा गर्यो । आफ्नो धारणा सार्वजनिक गर्यो । सरकारलाई […]
2081-12-17
राप्रपा सांसदलाई ओलीको प्रश्न- संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने ? (भिडिओ)
प्रधानमन्त्री केपी ओलीले राप्रपा सांसदहरूलाई संविधान अनुसार शपथ लिएर अहिले संविधान मास्ने क्रियाकलापमा नलाग्न चेतावनी दिएका छन्।
2081-12-17
कुलमान प्रकरण- अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिएकोप्रति विश्वप्रकाशको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउने निर्णय अदालतमा पुगिसकेको भन्दै प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिएकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै कुलमानलाई सरकारले बाँकी अवधि काम गर्न नदिएर गलत निर्णय गरिसकेको भए पनि अदालतमा भएको विषयमा सभामुखले प्रधानमन्त्रीलाई बोल्न दिएकोप्रति असन्तुष्टि जनाए। प्रधानमन्त्रीले अदालतमा भएको विषयमा परम्परा […]
2081-12-17
मनिष झा भन्छन्- हामीलाई राजावादी कित्तामा धकेल्न खोजियो
काठमाडौं । प्रधानमन्त्री हिजो बोलाएको ‘सर्वदलीय’ बैठकमा राप्रपा, रास्वपा र नेमकिपा सहभागी भएनन् । राप्रपालाई निम्तो गरिएको थिएन भने नेमकिपा निम्तो पाएर पनि गएन । रास्वपाको विषयमा भने सरकार र सो पार्टीबाट फरक–फरक दाबीहरू आएका छन् । सुरुमा सर्वदलीय बैठक बोलाइने भनिए पनि प्रधानमन्त्रीको सचिवालयले पठाएको सूचनामा ‘गणतन्त्र पक्षधर दलहरूको बैठक’ लेखिएको थियो । यसले […]
2081-12-17
कस्तो छ प्रधानमन्त्री ओलीको औपचारिक थाइल्याण्ड भ्रमणको कार्यक्रम ? (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराए । यही चैत १९ गतेबाट थाइल्याण्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक […]
2081-12-17
ज्ञानेन्द्र शाहले सम्झौता उल्लंघन गरे, शासक बन्ने मनसुबा भएको व्यक्ति सिरकभित्र चुपचाप किन ? (भिडिओ)
आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ?
2081-12-17
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिमा आपत्ति जनाउँदै एमालेले भन्यो- रेकर्डबाट हटाइयोस् (भिडिओ)
काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले प्रधानमन्त्री केपी ओली बोलिरहेको बेलामा विपक्षी दलहरूका सांसदहरूले संविधान र संसदीय नियमावलीको विरुद्ध गतिविधि गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै राजावादी हुँ भन्दै गणतन्त्रवादीहरूलाई हुक्कार गर्ने छुट कसैलाई नभएको बताए । उनले राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संसदमा राखेको अभिव्यक्ति आपत्तिजनक भएको बताए । उनले भने, […]
2081-12-17
गणतन्त्रवादी बैठकमा रास्वपा किन गएन ? एमालेसँगै राखिएको थियो नेमप्लेटसहितको कुर्सी
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बोलाएको गणतन्त्र पक्षधर राजनीतिक दलहरूको सर्वदलीय बैठकमा रास्वपालाई निम्ता गरेर पनि सो नगएको पाइएको छ । रास्वपाको लागि बैठक हलमा नेमप्लेटसहितको कुर्सी समेत व्यवस्था गरिएको थियो ।
2081-12-17
प्रधानमन्त्रीले पूर्वराजाप्रति दिएको अभिव्यक्तिमा राप्रपाको आपत्ति, संसदको रेकडबाट हटाउन माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा असंसदीय भाषा प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै हटाउन माग गरेका हुन्। उनले फागुन २५ गते पुर्वराजालाई कथित स्वागत गरेको भन्ने अभिव्यक्ति दिएकोप्रति शाहीले आपत्ति जनाए। प्रधानमन्त्रीले तत्कालिन राजा ज्ञानेन्द्र […]
2081-12-17
प्रधानमन्त्रीले तीनकुने घटनाको मूल जिम्मेवार पूर्वराजा भनेपछि राप्रपाको कडा प्रतिवाद, संसदमा तनाव (भिडिओ)
प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईंलाई आफ्नै निवासमा बोलाएर पूर्वराजाले जनकमाण्डर तोकेको बताएपछि शाहीले प्रतिवाद गर्न खोजेका थिए ।
2081-12-17
कुलमानबारे प्रधानमन्त्री- राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने ठाउँ संसद हैन (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीको विषयलाई लिएर संसद् अवरोध गर्न उपयुक्त नहुने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रसेवक कर्मचारीबारे बहस गर्ने स्थान सदन नभएको बताए । विपक्षीले कुलमान घिसिङलाई हटाएकोबारे जवाफ मागेपछि आज सदनमा बोलेका प्रधानमन्त्रीले भने, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रोलाई दण्ड गर्ने व्यवस्था यसै सदनले गरेको […]
2081-12-17
प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)
प्रतिनिधिसभाको बैठकमा अहिले प्रधानमन्त्री केपी ओली राजावादीको शुक्रबारको आन्दोलनपछिको राजनीतिक परिस्थिति, समसामयिक विषयमा सरकारको धारणा राखिरहेका छन् ।
2081-12-17
आपराधिक घटनामा संलग्न पूर्वराजाले उन्मुक्ति पाउनुहुन्न : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन्।
2081-12-17
लगातार उकालो लाग्दै सुनको मूल्य, तोलामा ११ सयले बढ्यो
काठमाडौं । अन्तरर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च अङ्कको पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रू एक लाख ७६ हजार आठ […]
2081-12-17
विपक्षीले उठाएको प्रश्नको सदनमा जवाफ दिँदै प्रधानमन्त्री
विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेका थिए ।
2081-12-17
शंकास्पद कारोबार २४ प्रतिशतले बढ्यो
काठमाडौं । शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमा वृद्धि भएको छ । एक वर्षमै यस्तो सङ्ख्या २४ प्रतिशतले बढेको हाे । नेपाल राष्ट्र बैंकका अनुसार शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा ५ हजार ९३५ रहेको थियो । उक्त सङ्ख्या आव २०८०/८१ मा करिब २४ प्रतिशतले वृद्धि भई ७ हजार ३३८ पुगेको छ […]
2081-12-17
लेनदेन विवादमा साथीको हत्या- गाडेको अवस्थामा भेटियो शव, ६ जना पक्राउ
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा गाडिएको अवस्थामा मृत भेटिएका एक किशोरको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही चक्रघट्टा गाउँपालिका-८ घर भई गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल चैत ११ देखि हराएको भन्दै बौद्ध प्रहरीमा उजुरी परेको थियो । प्रहरीले शुक्रबार माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडि गाडिएको अवस्थामा राहुलको शव फेला […]
2081-12-17
कजारियाको नयाँ सोरुम धनगढीको सहिद चोकमा
धनगढी । भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै धनगढीको सहिद चोकमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । गोदावरी टाइल एण्ड मार्बलद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा विराज भट्टको, विशिष्ट अतिथिको रुपमा चक्र बम र अतिथिको रुपमा […]
2081-12-17
राजावादीको आन्दोलनले पुर्याएको क्षति उनीहरूबाटै भराउन समाजवादी मोर्चाको माग
काठमाडौं । चैत १५ गते राजावादीहरुको आन्दोलनले पुर्याएको क्षतिपूर्ति उनीहरुबाटै भराउन समाजवादी मोर्चाले माग गरेको छ । आज बासेको मोर्चाको बैठकले हिंसात्मक आन्दोलनले पुर्याएको क्षतिको पूर्तिका लागि सरकारसँग आग्रह गरिएको विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले बताए । उनले भने, ‘यो घटना डिजाइन गरेर जति क्षति भएको छ । सबैको क्षतिपूर्तिका लागि पनि […]
2081-12-17
पन्ड्स स्किन इन्स्टिट्युटले ल्यायो सौन्दर्य र विज्ञानको नयाँ युग
काठमाडौं । पन्ड्सले बजारमा आफूलाई पुनः प्रस्तुत गर्दै उपभोक्ताको व्यक्तिगत छाला सम्बन्धित समस्याहरूको समाधानका लागि शक्तिशाली तत्वहरू र फराकिलो प्रदक्तहरूका साथ समाधान प्रस्तुत गरेको छ । महिलाहरूलाई नवीनतम विज्ञानको साथ उत्कृष्ट त्वचा सम्बन्धी चमत्कारी परिणाम दिने उद्देश्यबाट प्रेरित यस ब्रान्डले नयाँ ट्यागलाइन ‘मिराकल्स ह्याप्पेन्स’ प्रस्तुत गरेको छ । पन्ड्स स्किन इन्स्टिट्युटले विज्ञानमा आधारित फोर्मुलाले उपभोक्तामा […]
2081-12-17
हिरासतबाट निस्किएर स्वागत नेपालले भने- अब डा. गुरुङको नेतृत्वमा शान्तिपूर्ण जनविद्रोह हुन्छ
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले शान्तिपूर्ण जनविद्रोहका लागि एकताबद्ध हुन अपिल गरेका छन् । हिजो प्रहरी हिरासतबाट छुटेपश्चात् उनले सामाजिक सञ्जालमार्फत सो अपिल गरेका हुन् । आफूहरूले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको नेपालको दाबी छ । उनले आन्दोलनमा भएका घुसपैठ र प्रधानमन्त्रीका भड्काऊ अभिव्यक्तिहरूका विषयमा अनुसन्धान र कारबाही […]
2081-12-17
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा निवेदन दिए
श्रीमतीको हत्या गरी एक्साभेटरले खनेर गाडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
2081-12-17
काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आज विराटनगरमा पत्रकारहरूसँग सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् । उनले पत्रकार महासंघले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू […]
2081-12-17
स्ववियू अध्यक्षज्यू ! नेतृत्वले केवल इतिहास नलेखोस्, परिवर्तनको चेतना फैलाओस्
स्ववियूलाई पछिल्लो क्रममा विभिन्न राजनीतिक रंगहरू दिएर गुन्डागर्दी र अराजकताको अखडाका रूपमा चित्रण गर्दै बदनाम गर्ने काम भइरहेको छ । यसलाई चिर्नु अहिलेको नेतृत्व र स्वयं विद्यार्थीहरूको पनि दायित्व हो । तसर्थ अब विद्यार्थी संगठनहरूले दलकै बोलीमा बोली मिलाउन थाल्ने हो भने यो उपलब्धि गुम्न सक्छ । माउ पार्टीहरूबाट हस्तक्षेप हैन, सहजीकरणका लागि विद्यार्थी संगठनले आह्वान गर्न सक्नु पर्छ ।
2081-12-17
समाजवादी मोर्चाको बैठक जारी
काठमाडौं । समाजवादी मोर्चाको बैठक नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ । बैठकमा संविधान, गणतन्त्र र संघीयताविरूद्ध राजावादी शक्तिहरू चलमलाएको भएको लगायतका विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् । गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा ध्वंसात्मक प्रदर्शन गर्दा दुई जनाको ज्यान गएको थियो। यस्तै एकीकृत समाजवादीको कार्यालयसँगै केही निजी र […]
2081-12-17
ईद मुबारक (तस्बिरहरू / भिडिओ)
मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् ।
2081-12-17
चितुवाको आक्रमणबाट बालकको मृत्यु
बाजुरा । बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका-३ धुर्तोलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो । उनको घटनास्थलमै ज्यान गएको उनले बताए । मृतकको शव […]
2081-12-17