काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सल्लाहकार परिषद् सदस्य कमल कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो । पत्रकार, लेखक तथा कुटनीतिज्ञ समेत रहेका कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको हो । पक्षघातपछि उपचारका क्रममा अस्पताल […]
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सल्लाहकार परिषद् सदस्य कमल कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ ।
सोमबार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो ।
पत्रकार, लेखक तथा कुटनीतिज्ञ समेत रहेका कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको हो । पक्षघातपछि उपचारका क्रममा अस्पताल लगिएको थियो । उपचारकै क्रममा कोइरालाको निधन भएको हो ।
श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एकीकृत समाजवादी) का नेता/कार्यकर्ताहरुको भीड लागेको छ । श्रद्धाञ्जली दिन पुगेका पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोइरालाले नेपालको कम्युनिष्ट आन्दोलनमा निर्वाह गरेको भुमिका महत्त्वपूर्ण रहेको बताए । चुनौतिहरुको सामना गरेर अघि बढ्नुपर्ने कुरा कोइरालाबाट सिक्नुपर्ने बताए ।
अध्यक्ष नेपालले कोइराला पत्रकारकाहरुको पनि आदर्श व्यक्तित्व भएको बताए ।