काठमाडौं- गत शुक्रबार भएको तीनकुने घटनामा राज्यले दमन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भातृ संगठनले माइतीघर मण्डलामा पुगेर विरोध प्रदर्शन गरेका छन्। राप्रपाका सम्पूर्ण भातृ संगठनले झुठा मुद्धामा आफ्ना नेताहरूलाई पक्राउ गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। पक्राउ परेका राप्रपाका नेताहरूलगायत सम्पूर्ण राष्ट्रवादीहरूलाई अविलम्ब रिहा गर, मृतकहरूलाई शहीद घोषणा गर, घाइतेहरूको निःशुल्क र प्रभावकारी […]
काठमाडौं- गत शुक्रबार भएको तीनकुने घटनामा राज्यले दमन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भातृ संगठनले माइतीघर मण्डलामा पुगेर विरोध प्रदर्शन गरेका छन्।
राप्रपाका सम्पूर्ण भातृ संगठनले झुठा मुद्धामा आफ्ना नेताहरूलाई पक्राउ गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
पक्राउ परेका राप्रपाका नेताहरूलगायत सम्पूर्ण राष्ट्रवादीहरूलाई अविलम्ब रिहा गर, मृतकहरूलाई शहीद घोषणा गर, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर लगायत विभिन्न नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन्।
उक्त घटनामा रवीन्द्र मिश्र, धवल शम्शेर राणालगायतका नेताहरू पक्राउ परेका छन्।
थप तस्बिहरू:
तस्बिर: फोटो लाइब्रेरी।