लिङ्देनको प्रश्न- छतमाथि बसेर म्याद सकिएको अश्रु ग्यास मञ्चमा किन बर्साइयो ? (भिडिओ)

'तपाईँ कांग्रेस-एमाले भन्नेहरू सरकारमा बसेर भजन गाउँदै, मादल बजाउँदै आइपुगेको हो ? तपाईँहरू तोडफोड नगरी, मान्छे नमारी आएको हो ? त्यसैले म भन्छु सविन महर्जन हिँडिरहेको बेलामा गोली किन हानियो ?', लिङदेनले प्रश्न गरे ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएर गणतन्त्रवादी दलहरूले लुटतन्त्र मच्चाइरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै जनताले चाहे गणतन्त्र जाने भन्दै युवाको शक्तिलाई कमजोर नठान्न चेतावनी दिए ।

उनले भने, ‘चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? त्यो निणन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईँ कांग्रेस-एमाले भन्नेहरू सरकारमा बसेर भजन गाउँदै, मादल बजाउँदै आइपुगेको हो ? तपाईँहरू तोडफोड नगरी, मान्छे नमारी आएको हो ? त्यसैले म भन्छु सविन महर्जन हिँडिरहेको बेलामा गोली किन हानियो ? छतमाथि बसेर म्याद सकिएको अश्रु ग्यास मञ्चमा किन बसाइयो ? किन गोली हानियो त्यसको जवाफ चाहिन्छ ?’

उनले तीनकुने घटना छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग गरे ।

Prev Article
राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी
Next Article
पहिलोपटक नेकपा एसको कार्यालय पुगे प्रधानमन्त्री ओली

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video