पहिलोपटक नेकपा एसको कार्यालय पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।

हिजो दिवंगत भएका नेकपा एस सम्वद्ध वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री त्यहाँ पुगेका हुन् ।

प्रधानमन्त्री ओली पुग्दा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरू पनि थिए ।

ओलीले उनीहरूसँग केही बेर भलाकुसारी गरे । साथै, कार्यालयभित्र पसेर गत चैत १५ गते भएको आगजनीबाट पुगेको क्षतिको पनि अवलोकन गरेको कार्यालय सचिव रामकुमार भट्टराईले बताए ।

नेकपा एमालेलाई विभाजित गर्दै २०७८ भदौ २ गते नेकपा एस दर्ता भएको थियो । सो पार्टीको कार्यालयमा ओलीले पहिलोपटक पाइला टेकेपश्चात् दुई दलबीच सम्बन्ध सुधारको संकेत देखिएको छ ।

Prev Article
लिङ्देनको प्रश्न- छतमाथि बसेर म्याद सकिएको अश्रु ग्यास मञ्चमा किन बर्साइयो ? (भिडिओ)
Next Article
तीनकुनेमा पर्याप्त तयारी नपुगेको प्रधानमन्त्रीले स्वीकारिसक्नुभयो : रास्वपा (भिडिओ)

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video