तीनकुनेमा पर्याप्त तयारी नपुगेको प्रधानमन्त्रीले स्वीकारिसक्नुभयो : रास्वपा (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले तीनकुने घटनामा सरकारले कुनै एउटा पक्षको दोष देखाएर सरकार उम्किन नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीले पूर्वतयारी पर्याप्त नभएको स्वीकारिसकेको बताए । उनले भने, ‘सरकारले पूरा तयारी नभएको स्वीकारिसकेको छ। दुई जनताको ज्यान गइसकेको छ । करोडौंको क्षति भइसकेको छ। अनि उहाँले एउटा […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले तीनकुने घटनामा सरकारले कुनै एउटा पक्षको दोष देखाएर सरकार उम्किन नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीले पूर्वतयारी पर्याप्त नभएको स्वीकारिसकेको बताए ।

उनले भने, ‘सरकारले पूरा तयारी नभएको स्वीकारिसकेको छ। दुई जनताको ज्यान गइसकेको छ । करोडौंको क्षति भइसकेको छ। अनि उहाँले एउटा कार्यक्रममा १०, १५ हजार आउँदैमा केही हुँदैन त्यसलाई ठूलो कुरा नबनाऔं भन्नुभयो । गृहमन्त्रालयका प्रवक्ताले ४ हजार मात्रै मान्छे थिए भन्नुभयो। त्यसो हुँदा गृहप्रशासनले त्यही मान्छे किन सम्हाल्न सकेन त्यो प्रश्न त उठ्छ नि ।’

उनले घटनाबारे उच्च स्तरिय छानविन आयोग गठन गर्न माग गरे ।

Prev Article
पहिलोपटक नेकपा एसको कार्यालय पुगे प्रधानमन्त्री ओली
Next Article
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग (भिडिओ)

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video