समाजवादी मोर्चालाई प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी मोर्चालाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा भव्य सभा गरेको भन्दै धन्यवाद दिए । उनले भने, ‘यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा ‘सामाजवादी मोर्चा’ ले काठमाडौंको प्रदर्शनी मार्गमा भव्य सभा गर्‍यो । आफ्नो धारणा सार्वजनिक गर्‍यो । सरकारलाई […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी मोर्चालाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा भव्य सभा गरेको भन्दै धन्यवाद दिए ।

उनले भने, ‘यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा ‘सामाजवादी मोर्चा’ ले काठमाडौंको प्रदर्शनी मार्गमा भव्य सभा गर्‍यो । आफ्नो धारणा सार्वजनिक गर्‍यो । सरकारलाई खवरदारी गर्‍यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो । शालीन जुलुससहित भएको त्यस कार्यक्रमका आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्दछु । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने पनि म ठान्दछु ।’

ओलीले यसो भनिरहँदा प्रमुख विपक्षी माओवादीलगायत समाजवादी मोर्चामा आवद्ध दलका सांसदहरूले ढ्यापढ्याप पारेर आभार व्यक्त गरे ।

Prev Article
राजवादीहरूलाई एमालेको प्रश्न- नेपालका मूर्तिहरू अमेरिका, जर्मन, बेलायतको म्युजियममा कसको पालामा पुर्‍याइयो ? (भिडिओ)
Next Article
राप्रपा सांसदलाई ओलीको प्रश्न- संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने ? (भिडिओ)

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video