राप्रपा सांसदलाई ओलीको प्रश्न- संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने ? (भिडिओ)

प्रधानमन्त्री केपी ओलीले राप्रपा सांसदहरूलाई संविधान अनुसार शपथ लिएर अहिले संविधान मास्ने क्रियाकलापमा नलाग्न चेतावनी दिएका छन्।

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राप्रपा सांसदहरूलाई संविधान अनुसार शपथ लिएर अहिले संविधान मास्ने क्रियाकलापमा नलाग्न चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने ? प्रश्न गरे।

त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै,

अहिले संविधानको रक्षा, जनताले लडेर ल्याएका अधिकारहरूको रक्षा, लोकतन्त्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय हो । त्यसका लागि सिंगो सदन एक हुनुपर्ने आवश्यकता छ ।

हामीले सुनेका छौँ, व्यवस्थाकाविरुद्ध, प्रणालीकाविरुद्ध, लोकतन्त्रकाविरुद्ध, संविधानकाविरुद्ध लर्लकारेर त्यसलाई नै अस्वीकार गर्ने र त्यसका निम्ति विभिन्न प्रकारका असंवैधानिक, गैरकानुनी र समाजलाई नोक्सान पुग्ने गम्भीर आपराधिक क्रियाकलाप गर्नेसम्मका क्रियाकलापहरू भइराखेका छन् । यस्तो बेलामा सिंगै समाज गम्भीर हुनुपर्दछ । यस्तो बेलामा सिंगै समाज गम्भीर भएर यस्ता कुराहरूलाई… हामी जनप्रतिनिधि हौँ ।

संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने कुरा शपथ विपरीतको कुरा हो । नैतिकता विपरीतको कुरा हो । त्यस कारण शपथ विपरीत जानु हुँदैन । नेपालको संविधानको शपथ हामी सबैले उभिएर लिएका हौँला ।

संविधानको शपथ लिने, अनि संविधानको खिलाफ लिने, संविधानभन्दा माथि शपथ कसैले देश र जनताका नाममा लिएका हौँला, कसैले ईश्वरका नाममा लिएका हौँला ।

ईश्वरका नाममा शपथ लिएर संविधानको शपथ लिएर, ईश्वरका नाममा शपथ खाएर त्यस विपरीत चल्न मिल्छ नैतिकताले ? त्यसो भएर म सबैको ध्यानाकर्षण गर्न चाहन्छु, हामी एउटा थिति, एउटा मर्यादा, एउटा सामाजिक मर्यादामा बसौँ । अहिले यति नै भनौँ ।

Prev Article
समाजवादी मोर्चालाई प्रधानमन्त्रीले दिए धन्यवाद
Next Article
कुलमान प्रकरण- अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिएकोप्रति विश्वप्रकाशको आपत्ति

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video