नवप्रभातमा उत्प्रेरणामूलक कार्यक्रम

पोखरा । पोखरा–९, नयाँबजारस्थित नवप्रभात् माध्यमिक विद्यालयबाट यसै सालको एसइई परीक्षामा सम्मिलित विद्यार्थीलाई उत्प्रेरणामूलक शिक्षा प्रदान गरिएको छ । त्यस अवसरमा विद्यालय व्यवस्थापन समिति सल्लाहकार तथा उत्प्रेरक व्यक्ति प्रेमनारायण पोखरेलले विद्यार्थीलाई खाली समयमा सीपमूलक कार्यमा आबद्ध हुन जोड दिए । उनले विद्यार्थीलाई सीपमूलक बनाई कुलत तथा खराब संगतबाट जोगाउनुपर्ने बताउँदै समयको सदुपयोग गर्न सुझाए ।...

पोखरा । पोखरा–९, नयाँबजारस्थित नवप्रभात् माध्यमिक विद्यालयबाट यसै सालको एसइई परीक्षामा सम्मिलित विद्यार्थीलाई उत्प्रेरणामूलक शिक्षा प्रदान गरिएको छ ।

त्यस अवसरमा विद्यालय व्यवस्थापन समिति सल्लाहकार तथा उत्प्रेरक व्यक्ति प्रेमनारायण पोखरेलले विद्यार्थीलाई खाली समयमा सीपमूलक कार्यमा आबद्ध हुन जोड दिए । उनले विद्यार्थीलाई सीपमूलक बनाई कुलत तथा खराब संगतबाट जोगाउनुपर्ने बताउँदै समयको सदुपयोग गर्न सुझाए ।

‘सबैभन्दा महत्वपूर्ण कुरा समय हो । त्यसैले हामी सबैले समयको महिमा बुझौं र सोहीअनुसार कार्य गरौं,’ पोखरेलले भने ।

वडा प्रतिनिधिसमेत रहेकी विद्यालय व्यवस्थापन समिति सदस्य भावना श्रेष्ठले विद्यार्थीको चौतर्फी विकासमा विद्यालय प्रयत्नशील रहेको सुनाउँदै विद्यार्थीले अनुशासनको ख्याल गर्नुपर्ने बताइन् ।

त्यस अवसरमा प्रधानाध्यापक मायाकुमारी थापा, शिक्षक शान्तराम लामिछाने लगायतले पनि धारणा राखे । विद्यार्थीले कार्यक्रम प्रभावकारी बनेको प्रतिक्रिया दिँदै आ–आफ्ना अनुभव सुनाए ।

विद्यालय व्यवस्थापक समितिका कार्यवाहक अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षक मित्रलाल पौडेलले संचालन गरे ।

Prev Article
पश्चिमाञ्चल अस्पताल बिमा काउन्टरमा अनियमितता पुष्टि, ६ जना दोषी ठहर
Next Article
गुुरुकुल विद्यासदनमा बिदाइ

Related to this topic:

School post

Recent Blog

Latest book

Latest video