पोखरा । गुरुकुल विद्यासदन माध्यमिक विद्यालय, नयाँबजारका कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरिएको छ । कक्षा ११ का विद्यार्थीको आयोजना एवम् विद्यालयको व्यवस्थापनमा शनिबार एक समारोह आयोजना गरी उनीहरुलाई खादा लगाएर मायाको चिनो प्रदान गरी शुभकामनासहित बिदाइ गरिएको हो । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुल पोखरा क्षेत्रकै अब्बल विद्यालय रहेको जनाउँदै विद्यार्थीलाई पठनपाठन...
पोखरा । गुरुकुल विद्यासदन माध्यमिक विद्यालय, नयाँबजारका कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरिएको छ ।
कक्षा ११ का विद्यार्थीको आयोजना एवम् विद्यालयको व्यवस्थापनमा शनिबार एक समारोह आयोजना गरी उनीहरुलाई खादा लगाएर मायाको चिनो प्रदान गरी शुभकामनासहित बिदाइ गरिएको हो ।
पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुल पोखरा क्षेत्रकै अब्बल विद्यालय रहेको जनाउँदै विद्यार्थीलाई पठनपाठन अलावा अनुशासनलाई पनि ख्याल गर्न सुझाव दिए । उनले कार्यक्रमले विद्यार्थीबीच भाइचारा सम्बन्ध स्थापित गर्ने उल्लेख गर्दै गुरुकुलले अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिँदै आइरहेको स्पष्ट पारे ।
विद्यालय अध्यक्ष रवि कार्कीले विद्यार्थीको व्यक्तित्व विकासमा विद्यालय सधैँ प्रयत्नशील रहेको औंल्याउँदै संस्कारयुक्त शिक्षा नै गुरुकुलको मूलमान्यता भएको बताए । ‘विद्यालय निरन्तर अगाडि बढ्दैछ, त्यसमा सरोकारवाला सबैको साथ पाइएको छ । अझै हामी विद्यालयलाई थप उचाइमा लैजान्छौं,’ कार्कीले भने ।
प्रधानाध्यापक भवन सुवेदीले ज्ञान, संस्कार एवं सोचको त्रिवेणी गुरुकुल भएको जनाउँदै विद्यार्थीका रचनात्मक प्रस्तुति माध्ययमका लागि पनि कार्यक्रम फलदायी बनेको बताए ।
दश जोड दुई संयोजक वसन्तकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।
त्यस अवसरमा लेखापाल हरि ढकाल, कक्षा १२ की अनुजा रानामगर, कक्षा ११ का अनुष नौवाग, विद्यार्थीहरु रेनु परियार, विपीका क्षेष्ठ लगायतले पनि भनाइ राखे । कार्यक्रम कक्षा ११ विज्ञान समूहका आलोन भट्टको अध्यक्षतामा भएको हो ।
कार्यक्रमबीच विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे भने खेलकुद एवं अन्य विभिन्न विधातर्फका पुरस्कार पनि वितरण गरियो ।